भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
जापानको कावासाकीमा मनाइने यो लिंग पर्वको नाम हो, शिन्टो कानामारा मात्सुरी । यो पर्वमा कावासाकी सहर लिंगमय हुन्छ । लिंग आकारका लगाउने चिजदेखि खानेकुरासम्म सहरभरी पाइन्छन् । मानिसहरु लिंगाकारको ललिपप चुसिरहेका हुन्छन् ।
सहरका सडकहरुमा यत्रतत्र प्लास्टिकका गुलाबी लिंगहरु पनि ठड्याइएको हुन्छ र र महिलाहरुले गुलाबी लिंग बोक्दछन् । त्यस्तै युवायुवतीहरु लिंगको नजिक पुगेर सेल्फी लिइरहेका हुन्छन् ।
कानायाको मन्दिरमा सन् १९७७ देखि यो पर्व सुरु भएको हो । यो पर्वमा पुरुष यौनांग तथा प्रजनन क्षमताको उत्सव मनाइन्छ र पुरुषत्व वृद्धिको कामना गरिन्छ ।
यो पर्व सत्रौँ सताब्दीका किम्बन्दीहरुमा आधारित रहेको मानिन्छ । लिंग पर्व मनाइने कानायामा मन्दिर यौनकर्मीहरुको पवित्र थलो पनि हो, जहाँ गएर यौनकर्मीहरुले पुजा गर्छन् र आफूलाई यौनरोग नलागोस् भनी प्रार्थना गर्दछन् । साथै यो ठाउँ समलिंगी तथा तेश्रो लिंगीहरुको लागि पनि निकै लोकप्रिय ठाउँ बनेको छ ।
यद्यपि कावासाकीको यो पर्व जापानको एक्लो लिंग पर्व होइन । जापानको कोमाकीमा हरेक वसन्त ऋतुमा यस्तै खालको यौनांग पर्व मनाइन्छ, जसलाई होनेन मत्सुरी भनिन्छ ।
भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |

No comments:
Post a Comment