• Breaking News

    Sunday, April 16, 2017

    आजको राशिफल – वि.सं. २०७४ साल वैशाख ४ गते। सोमबार। इश्वी सन् २०१७ अप्रिल १७ तारिख।

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुहोला, लगनशीलताले कीर्तिमानी काम दिलाउन सक्छ। चुनौती देखिए पनि साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। भेटघाटले उत्साह बढाउला। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि फाइदा हुनेछ। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। केही चुनौतीसमेत सामना गर्नुपर्ला। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अतिथिको रूपमा सत्कार पाइनेछ। सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, बिस्तारै फाइदा हुनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोगले पछ्याउनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) बेसुरमा गरिएको कामले समस्या निम्त्याउला। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। तापनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। परिवारजनमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र आँटेका काममा सोचेजस्तै सफलता मिल्नेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) अध्ययनमा प्रगति हुनेछ भने लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। अहिले मिहिनेत गर्दा पछिसम्म लाभ प्राप्त हुनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर आउला। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्तिद्वारा महत्वाकांक्षी कार्य प्रारम्भ होला। साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ। समयसापेक्ष कामको नेतृत्व लिंदै प्रतिष्ठा आर्जन गर्न सफल भइनेछ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) समयमा होश नपुग्नाले खर्च बढ्नेछ। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला। परिवारजनबाट समेत टाढिनुपर्ला। सानो कमजोरीले विवादमा परिनेछ। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) प्रयत्न गर्दा केही उपलब्धि हातलागी हुनेछ। तर सोखले खर्च बढाउन सक्छ। मेहनत परे पनि श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। चिताएको काम समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यति मन नजाला। अरूको भरण–पोषणमा खर्चनुपर्ला। पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुटाउन सकिनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। 

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture